top of page

Nilsan jodi first anniversy wish 2078 falgun 13

Happy Anniversary Nani ❤️🖤

ओहो 🙈 विवाह भएको पनि कति चाँडै एक वर्ष बितिसकेछ ! 😅 है नानी ?! हिजो जस्तै लाग्ने ति दिनहरु कति चाँडै आजमा परिणत भइसकेछ है ! ति सुरुवाती दिनहरू र आजमा कति धेरै फरक छ नि है ! के थियो के भयो ?! कति कुरामा बेक्त नै गर्न नसक्ने खुसीका भावहरु लुकेर बसेका छन भने कति कुरामा लुकाउन नै नसकिने गरी पीडाहरु लुकेर बसेका छन ! तर जे जस्तो भएपनि एकअर्का संगै भएर हाम्रो जीवनमा आउने यि दुःख सुखहरुलाई हाँस्दै खेल्दै कटाउनु को मज्जा पनि फेरि बेग्लै छ नि है ! । love you baby,miss you baby आदीत्यादी भन्नु जस्तो सजिलो कहाँ छ र जिन्दगी ! अहिले पो तिमारुले केही झेल्नु परेको छैन,केही गर्नु परेको छैन पछि थाहुन्छ भन्दै भन्थिए कुनै बेला मान्छेहरु तर खोइ आज तिम्ले वेक्त गरेका ति भावहरु मैले सुन्न नसक्दा नि तिम्ले देखाएका ति हातका इसाराहरुलाई हेरेरै भएपनि म खुसी छु त, तिमी खुसी छौ त , हामी खुसी छौं त है ! बस तिमी मेरो साथमा सधैं यसरी नै भैराख, मलाई यसरी नै बुजिराख, मलाई यसरी नै साथ दिराख, माया गरिराख भोलि मैले आंखा नदेख्दा, मेरो हात खुट्टाले काम गर्न छोडदा पनि म खुसी हुने छु तिमीलाई हेर्दै हाँसी हाँसी सारा जिन्दगी कटाईदिनेछु बस तिमी सधैं मेरो साथमा भइदेऊ ! भन्न त कति कुरा मन छ, तर होस् केही भन्दिन, बस यति मात्रै भन्छु की, यो सबैको लागि तिमीलाई धेरै धेरै धन्यवाद 😅😋🙈🥳😇🥰 ए अनि स‌ाच्चि फेरि पनि हाम्रो पहिलो वार्षिक उत्सवको उपलक्षमा तिमीलाई धेरै धेरै शुभकमना नानी ❤️🖤

 
 
 

Recent Posts

See All
Untitled

coming soon on saigrace's story

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page